दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर– ५मा मंसिर १६ गते हुने उपनिर्वाचनमा १ हजार २७२ जना मतदाताले मतदान गर्न पाउने भएका छन ।
स्थानीय तह उप–निर्वाचनका लागि निर्वाचन आयोगले स्वीकृत गरेको अन्तिम मतदाता नामावली अनुसार दुहुँ–५ मा ६४९ जना पुरुष र ६२३ जना महिला गरि कुल १हजार २७२ जना मतदाताले मतदान गर्न पाउने बताइएको छ ।
यस्तै दुहुँ गाउँपालिकावडा नम्बर– ५मा १ मतदानस्थल र २ वटा मतदानकेन्द्र राखिएका छन । मतदानस्थल दुर्गा आधारभूत विद्यालय गरमौरा कायम गरिएको छ ।
निर्वाचनको लागि जिल्ला न्यायाधीश पुष्पराज पाण्डेलाई मुख्य निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालय, दार्चुलाले निर्वाचनको लागि आवश्यक तयारी गरिरहेको उहाले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया