रवि लामिछानेले तीन वटा सहकारीमा डेढ करोड ब्याज तिर्न काटेका चेक भेटिए

दार्चुला । कम्पनी र सहकारीबीचको कारोबारमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै आएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण भेटिएको छ ।

सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले हिजो लामिछानेलाई १५ दिन थप थुनामा राख्न अनुमती दिएको छ ।

पूर्व गृहमन्त्री समेत रहेका  लामिछाने विरुद्ध संसद्मा निरन्तर आवाज उठेपछि बनेको विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू जीबी राई, कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछानेलाई ‘प्रचलित कानुनअनुसार कारबाही गर्न’ नेपाल सरकारलाई लेखी पठाएको थियो ।

संसदीय समितिको सिफारिसका आधारमा प्रहरीले कात्तिक २ मा लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर पोखरा लगेको थियो । त्यसअघि र पछि प्रहरीले प्राप्त गरेका प्रमाणले सहकारीसँगको कारोबार र ठगीमा लामिछानेको प्रत्यक्ष संलग्नता पुष्टि गरेका छन ।

प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणअनुसार गोर्खा मिडिया नेटवर्कले पाँच सहकारीबाट ६७ करोड ७६ लाख लिएको र त्यसको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख ८६ हजार ३ सय ४ रुपैयाँ लामिछाने आफैंले चेक काटेर भुक्तान गरेको भेटिएको छ  । यसका लागि उनले विभिन्न मितिमा काटेका करिब तीन दर्जन चेक प्रहरीले बरामद गरेको छ ।

कान्तिपुर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?