दार्चुला । स्रोत नखुलेको ११ लाख रुपैयाँसहित महाकाली सिंचाई आयोजना, कंचनपुरका कामु आयोजना निर्देशक प्रचण्डदेव बिष्ट पक्राउ परेका छन्।

बिहीबार सुन्धाराको होटल इसन प्रालिबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

बरामद रकम उनले घुसवापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विष्टले बरामद रकमको स्रोत खुलाउन नसकेछि सो रकम आयोजनाका ठेकदारसँग लिएको प्रहरीले दाबी गरेको छ।

पक्राउपश्चात निर्देशक बिष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको छ।

उता अख्तियार दुरुपयोग अनुसन्धानका प्रवक्ता तारानाथ अधिकारीले निर्देशक बिष्टलाई अनुसन्धानका लागि ल्याइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?