दार्चुला । दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई ३ मतले हराउँदै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
दुल्लु-१३मा एमालेका उम्मेदवार लाल बहादुर शाहीले ५ सय ७४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र पाए । त्यस्तै, नेकपा माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीले २७८ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामबहादुर शाहीले ५३ मत पाए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया