दार्चुला । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको चुनावको नतिजा सार्वजनिक हुन थालेको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्षमा चुनाव भएकोमा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र धेरै वडाहरुको नतिजा आइसकेको छ । वडाहरुको नतिजामा कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा देखिएका छन् ।
कीर्तिपुर नगरपालिकाको मेयरका लागि भएको चुनावको मतगणना चलिरहेको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा(माओवादी केन्द्र)का शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गर्नुभएको छ ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी र जाजरकोटको नलगाड उपमहानगरपालिकाको उपमेयरमा माओवादीले अग्रता लिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया