गृहमन्त्री थापा दार्चुला आइपुग्दै, छांगरुमा सशस्त्रको गुल्म शिलान्यास गर्ने कार्यक्रम

दार्चुला । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वको टोली दार्चुला आउनलागेको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० छाङ्रु दार्चुलाको भवन शिलान्यास गर्न गृहमन्त्री थापा दार्चुला आउन लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

भवनको शिलन्यासको लागि गृहमन्त्री थापा सँगै सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्ना लगायत १२ जनाको टोली दार्चुला आउन लागेको हो ।

गृहमन्त्री थापा नेतृत्वको टोली शुक्रबार बिहान १० बजे काठमान्डौँबाट सुर्खेत आइपुगेको र सुर्खेतबाट छांगरु जाने कार्यक्रम रहेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर ४४ हेडक्वाटर दार्चुलाले जनाएको छ ।

गत असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्याँस गाउँपालिका–१ छाङरुस्थित गागामा सार्ने निर्णय गरेको थियो ।

अहिले व्याँसमा सशस्त्र प्रहरीको नेतृत्व सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) धिरेन्द्र शाहले गर्नुभएकाे छ ।

दार्चुलामा कार्यरत प्रहरीका सई होटलको शौचालयमा मृत भेट्टिए

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?