सुदूरपश्चिममा थपिए ५८ जना कोरोना संक्रमित

दार्चुला । सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा ८ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा ५८ जनामा संक्रमढा पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाकाे महाकाली नगरपालिकाका एक जना पुरुष सहित सात जनामा संक्रमण पुष्टि भएको छ।

बझाङमा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १९ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले केदास्यु गाउँपालिकाका ९ जना, थलारा गाउँपालिकाका ८ जना, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयाे ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४८ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ।  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा १८ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोेर्ट नेगेटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८८ पुगेको छ। संक्रमण पुष्टि भएका १६ जनाको मृत्यु भएको छ भने पाँच हजार नौँ सय जनाले कोरोना जितेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?