जिल्ला प्रहरी कार्यालय दार्चुलाका कर्मचारी तथा थुनुवाहरुको स्वास्थ्य परीक्षण

दुर्गादत्त मिश्र, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी कर्मचारी, तथा हिरासत कक्षमा रहेका रहेका १०३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला अस्पताल दार्चुलाका चिकित्सकद्धारा शनिवार (आज) ५ जना थुनुवा र ९८ जना प्रहरी कर्मचारी गरी कुल १०३ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

चिकित्सकद्धारा कर्मचारी तथा थुनुवाहरुको ब्लड प्रेसर, सुगर, लगायत स्वास्थ्य परीक्षण गरिएको अहाले बताउनुभयो । स्वास्थ्य परीक्षणमा खटिएका चिकित्सकका अनुसार चेकजाँच गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी कर्मचारी, तथा थुनुवाहरुको स्वास्थ्य अवस्था परीक्षणमा सहयोग गर्ने जिल्ला अस्पताल प्रति धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?