पीएल सिंहको निधनको शोकमा कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

दार्चुला । काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर एवम् नेपाली कांग्रेसका पुराना नेता प्रेमलाल अर्थात् पीएल सिंहको निधनको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले सिंहको निधनमा शोक प्रस्ताव पारित गर्दै आज, भोलि र पर्सि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

सिंहको ८८ वर्षको उमेरमा गएराति ठमेलको चाक्सीबारी निवासमा निधन भएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू पुगेका थिए ।

यसैबीच काठमाण्डौ महानगरपालिकाले पूर्वमेयर सिंहको निधनमा आज महानगरपालिकामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?