जगिनी जात्राको अवसरमा दुहुँ गाउँपालिकाभरी सार्वजनिक बिदा

दार्चुला । दार्चुलाको दुुँहु गाउँपालिकाले आज गाउँपालिकाभरी सार्वजनिक बिदा दिइएको छ ।

पालिकाले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै पुष ११ गते (आज) वडा नम्बर–३ बोहरीगाउँमा अवस्थित ब्रह्मदेवताको मन्दिरमा लाग्ने जगिनी जात्राको अवसरमा एक दिन बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरसिह धामीद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख गरिएको छ ।

जात्राको अवसरमा गाउँपालिका अन्तरर्गत रहेका सामुदायिक विद्यालय र सरकारी कार्यालयहरुमा विदा हुने गाउँपालिकाले जनाएको छ । जगिनी जात्रालाई शान्तीपुर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरीका ३२ जना प्रहरी र २५ जना सशस्त्र प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?