बैतडीमा चट्याङ लागेर चार जना घाइते

दार्चुला । बैतडीमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर–२ पोखरामा शनिवार बिहान ११ बजे चट्याङ लागेर  ३५ वर्षीया पवानी दमाइ, बुहारी २० वर्षीया कविता दमाई, १३ बर्षीय छोरा लोक दमाई र ११ बर्षीया छोरी लक्ष्मी दमाई घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एंव सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिनुभयो ।

घाइते चारै जनाको पाटनस्थित डिएस पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

दिउँसो परेको चट्याङले सुर्नया गाउँपालिका–६ स्थित धुलिधार गाउँमा ५ ओटा पशुचौपाया मरेका छन् भने अधिकास घरहरुमा विद्युत वाइरिङमा समेत क्षती पुर्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?