पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

दार्चुला । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँले मूल्य बढाएको हो ।

हवाई इन्धनको मूल्य भने घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर दुई रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको प्रतिकिलोलिटर १५ डलरले घटाइएको छ ।

अब पेट्रोलको मूल्य काठमाण्डौ र पोखरामा प्रतिलिटर एक सय ६३ रुपैयाँ, सुर्खेत र दाङमा एक सय ६२ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

त्यस्तै डिजेलको मूल्य काठमाण्डौ तथा पोखरामा प्रतिलिटर एक सय ५३ रुपैयाँ, सुर्खेत र दाङमा एक सय ५२ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

आन्तरिक हवाई इन्धन प्रतिलिटर एक सय २६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाण्डौमा नौ सय ६०, पोखरामा सात सय ९३ र भैरहवामा सात सय ७८ अमेरिकी डलर कायम गरिएको छ ।

खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?