विपिनको रिहाइका लागी पहल गरिदिन इजरायली सरकारलाई परराष्ट्रमन्त्रीको आग्रह

दार्चुला । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारलाई आग्रह गर्नुभएको छ ।

नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् परराष्ट्रमन्त्री राणाले इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि आग्रह गर्नुभएको हो ।

परराष्ट्रमन्त्री राणासँग बिहीवार मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग रााणाले विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।

हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री राणाले इजरायली राजदूतसँग जानकारी समेत लिनुभएको छ ।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए ।
त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि छन् । उनीहरूमध्ये ३४ जनालाई हमास समूहले मुक्त गर्न लागेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?