दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा आगो ताप्ने क्रममा एक महिला घाइते हुनुभएको छ।
जिल्लाको लेकम गाउँपालिका वडा नम्बर २ बिटोराकी ८१ वर्षीया बिस्ना ठगुन्ना मंगलवार आगोमा जलेर घाइते हुनुभएको हो ।
आगो ताप्ने क्रममा आफैले लगाएको कपडामा आगो लाग्दा ठगुन्ना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो । घाइते ठगुन्नालाई उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।





प्रतिक्रिया