दार्चुलाको मालिकार्जुनमा रुखबाट लडेर एक महिला घाइते

दार्चुला । दार्चुलामा रुखबाट लडेर एक महिला घाइते हुनुभएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ सन्नीकी २५ बर्षीया कलावती धामी स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।

शनिबार बिहान ९ बजेतिर घर नजिकैको रुखमा स्याउला काट्ने क्रममा धामी लडेर घाइते हुनुभएको थियो। रुखबाट लडेर घाइते भएकी धामीको मेरुदण्ड भाँचिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

घाइते धामीलाई जिल्ला अस्पताल दार्चुलामा समान्य उपचारपछि थप उपचारका लागि भारतको पिथौरागढ लगिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?