प्रहरी निरीक्षक जोशीको अछाम सरुवा

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीको सरुवा भएको छ । असोज ५ गते प्रहरी प्रधान कार्यालयले उहाको ईलाका प्रहरी कार्यालय साफेबगर अछामको प्रमुखमा सरुवा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी समेत रहनु भएका प्रहरी निरीक्षक जोशी २०७६ साउन ३१ गते १४ महिना पहिले दार्चुला आउनु भएको थियो । अछाम सरुवा भएका प्रहरी निरीक्षक जोशीको जिल्ला प्रहरी कार्यालय दार्चुलाले आइतबार एक कार्यक्रमका बिच बिदाई गरेको छ ।

सरुवा हुनुभएका प्रहरी निरीक्षक जोशीले जिल्ला बसाईको क्रममा सबैको सहयोग प्राप्त भएको भन्दै जिल्लावासी सबैलाई धन्यबाद दिनुभयो । जिल्ला प्रहरी कार्यालय परिवारले उहाँलाई अगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?