दार्चुला । १० औं राष्ट्रिय योग दिवस दार्चुलामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ। ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागी योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस मनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुला, महाकाली नगरपालिका र पतञ्जली योग समितिको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम खलंगामा दशौं योग दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष एवं योग गुरु हिरा सिंह धामीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा महाकाली नगरपालिकाका नगर उप-प्रमुख गंगा खत्री विष्ट, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता रहेको उहाँले बताउनुभयो ।
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागी योग’ भन्ने नारालाई सार्थक बनाउन सबै नागरिकलाई योग संग जोड्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथी एव गाउँपालिका अध्यक्ष धामीको भनाई छ । स्वस्थ नागरिक भए मात्रै स्वस्थ समृद्ध समाज निर्माण गर्न सकिने भन्दै उहाँले योगलाई सबै नागरिक सम्म पुगाउन आवश्यक रहेको बताउनुभयो ।
२०७२ साल साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो ।






प्रतिक्रिया