दार्चुलाको अपिहिमालमा अस्पताल नपुग्दै गर्भवतीको मृत्यु

दार्चुला । दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर १, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मङ्गलवार राति साढे नौ बजे मृत्यु भएको हो।

घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले बताउनुभयो।

द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन्। स्वास्थ्यचौकी पु¥याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएकी थिइन। स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीले बताउनुभयो।

अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल र विद्युत् सेवा नपुगेको पालिका हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?