दार्चुलामा वर्षा र हिमपात, चिसोले जनजीवन प्रभावित

दार्चुला । बुधबार राती देखी मौसममा आएको परिवर्तनसँगै दार्चुलाको उच्च पहाडी भेगमा हिमपात भएको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका, ब्याँस गाउँपालिकाका, दुहुँ गाउँपालिका र  मालिकार्जुन गाउँपालिका लगायत जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । विहिबार विहानै देखी भइरहेको बर्षा र हिमपातले जिल्लामा चिसो बढेको छ ।

 

हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको स्थानीयहरुले बताएका छन । हिमपातका कारण राप्ला, घुसा, खण्डेश्वरी, छाङरु, व्यास, टिङ्करलगायतका बासिन्दा बढी प्रभावित भएका छन ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिममा वर्षा तथा हिमपात भइरहेको छ । चिसोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

हिउँदे बर्षाले बालीनालीमा भने  फाइदा पुगेको किसानहरुले बताएका छन् । बर्षाले बालीनाली तथा हिउँदे फलफूलमा सिँचाइको काम गरेको कृषि प्राविधिकहरुले बताएका छन् । खडेरीले बालीनाली सुक्नै लागेका बेला भएको बर्षाले राहत मिलेको स्थानीयहरुले बताएका छन् ।

सिँचाइ सुविधा नभएका ठाउँमा हिउँदे बर्षाले सिँचाइको काम गरेको छ। हिउँदे बर्षाले बालीनालीमा निकै फाइदा पुगेको लेकम गाउँपालिका वडा नम्बर ६ का स्थानीय राम दत्त मिश्र बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?