कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा दिलेन्द्र प्रसाद बडू नियुक्त

दार्चुला । नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई नियुक्त गरेको छ ।

संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले बडूलाई संयोजकमा नियुक्त गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । पार्टीबाट संसदीय समितिमा संयोजक तोकिएका तीन जनाको ठाउँ रिक्त भएकाले पदपूर्ति गरिएको उहाँले बताउनुभयो ।

संसदीय दलसँग सम्बन्धित तीन निर्णय गरेको छ । संसदीय दल अनुशासन समिति दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठन गर्ने निर्णय भएको प्रमुख उहाँले बताउनुभयो ।संसदीय समितिमा १-१ जना संयोजक तोक्ने संसदीय दलको विधानको व्यवस्था अनुसार रिक्त भएका ठाउँमा पदपूर्ति गरिएको छ ।

अर्थ समितिमा संयोजक डा. प्रकाशशरण महत, लेखा समितिमा सञ्जय गौतम र कृषि समितिमा चन्दा चौधरीलाई पार्टीबाट संयोजक तोकिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?