दार्चुलाको मालिकार्जुनमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ ।

शनिबार (आज) एक कार्यक्रमका बिच गाउँपालिकाको  वडा नम्बर ६ मा रहेको सरस्वती माध्यमिक विद्यालय उकुको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरिएको गाउँपालिकाका सहायक सूचना अधिकारी लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ गाउँपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष गोकर्ण सिंह धामीको अध्यक्षमा उद्घाटन भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आथित्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता रहेको उहाँले बताउनुभयो ।

आज भएको उद्घाटन खेल १५ सय मिटर छात्र छात्रा दौडमा छात्र तर्फ सरस्वती माध्यमिक विद्यालय र छात्रा तर्फ मालिकार्जुन माध्यमिक विद्यालय मडले प्रथम स्थान प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?