दार्चुला । दार्चुलामा एक बालक झुन्डीएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ भौतडीका चन्द्र राम टमटाका छोरा ११ वर्षीय पुष्कर राम टमटा सोमबार विहान झुन्डीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।
लटिनाथ आधारभुत विद्यालय चौडमा कक्षा ४ मा अध्यनरत टमटा घर भन्दा २० मिटर माथी रुखमा झुन्डीएको अवस्थामा मृत फेला परेको उहाँले जानकारी दिनुभयो । शवको पोष्टमाटमका लागी जिल्ला अस्पताल दार्चुला पठाइएको उहाँले बताउनुभयो ।
मृतका बुवा रोजगारीको लागी भारतमा रहेको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक प्रकृति हेर्दा बालकले आत्माहत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ।





प्रतिक्रिया