संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय

दार्चुला । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गर्नुभएको थियो । विपक्षी दलहरूले सरकारले अधिवेशन नबोलाएर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै आलोचना गरिरहेको बेला सरकारले अधिवेशन आह्वान गरेको हो ।

सरकारले अधिवेशन नडाके विशेष अधिवेशन बोलाउने चेतावनी विपक्षी दलहरूले दिँदै आएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?