दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा सडक निर्माणको क्रममा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तरगत खंलगा–गोकुलेश्वर सडक खण्ड तीन दिनदेखी अबरुद्ध रहेको छ । सडक खुलाउन ढिलाइ भइरहेको छ । अवरुद्ध सडक सञ्चालनको लागी जिल्ला प्रशासन कार्यालय दार्चुलाले सडक डिभिजन कार्यालय बैतडीलाई लिखित पत्राचार गरेको छ ।
किम्तडी भिरमा खसेको पहिरो पन्छाउन नसक्दा विगत तीन दिनदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । मौखिक रूपमा अनुरोध गर्दा सडक डिभिजनबाट सडक खुलाउन तदारुकता नदेखिएपछि लिखित रूपमै पत्राचार गरिएको हो । अबरुद्ध सडक खुलाउन सहजिकरणको लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालय र प्रहरीलाई समेत बोधार्थ पठाएको छ ।
सडक अबरुद्ध हुदा जिल्लाका विभिन्न स्थानका साथै दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाण्डौँका लागि छुट्ने र जिल्ला सदरमुकाम खलंगा भित्रिने यातायातका साधनहरु र यात्रुहरुलाई समस्या भएको छ । खलंगाबाट किम्तडीसम्म पैदल हिडेर यात्रा गर्न समेत असहज भइरहेको यात्रुहरूको गुनासो छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया