पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलिद्धारा ऐतिहासिक उकु महलको निरीक्षण

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर –६ उकुमा अवस्थित ऐतिहासिक उकु महलको उत्खननसँगै अनुसन्धान सुरु गरिएको छ । पुरातत्व विभागको टोलीले उकु पुगेर उत्खनन र भग्नावशेषको अनुसन्धान सुरु गरेको हो ।

उत्खनन् कार्यको शुक्रवार नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्ना, केन्द्रीय सदस्य हरदेव जोशी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायतले निरीक्षण गर्नुभएको छ ।

 

लामो समयदेखि संरक्षण र पुनर्निर्माणको पर्खाइमा रहेको उकु महलको उत्खनन र अनुसन्धान थालिएसँगै संरक्षणमा समेत ध्यान पुग्ने स्थानीयको अपेक्षा छ ।
उकु महलको सम्भावनाबारे उत्खनन गर्न पुरातत्व विभागका पुरातत्व अधिकृत हरि भुसाल, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमालकुमार उप्रेती र पुरातत्व विभागकै अधिकृत राकेश परिवारले कामको थालनी गरिएको छ ।

 

उकु महलले जिल्लामा धार्मिक तथा सांस्कृति पर्यटनको ठुलो सम्भावना बोकेको ठाउँ हो । महलको भग्नावशेषमा शिलालेखमा लेखिएका चट्टान स्पष्ट देख्न सकिन्छ । चट्टानमा शिलालेख लेखिएको र ढुङ्गा कोरेर आकर्षक मूर्ति बनाएका भेटिएका छन् । महलले पुनः निर्माण हुने भएपछी स्थानीय खुशी भएका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?