दार्चुला । नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला समिति दार्चुलाको विस्तारित बैठक सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाम खंलगामा विभिन्न निणर्य गर्दै बैठक सम्पन्न भएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष जनक बोहराको अध्यक्षता एंव नेकपा माओवादी केन्द्र दार्चुलाका संयोजक पदम राज पन्तको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला सचिव दिनेश धामीले बताउनुभयो।
बैठकबाट नौ वटै स्थानीय तहमा कमिटी गठन, तथा पुनर्गठन गर्ने, सदस्यता वितरण एवम् नविकरण गर्ने, चैतभित्र पालिका अधिवेशन गर्ने, मासिक बैठक बस्ने लगायतका निर्णय गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया