राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईको बिदाई

दार्चुला । नेपाल क्रिकेट एसोसियसन क्यानले नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईलाई बिदाई गरेको छ ।

क्यानले दुई वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त भएका मोन्टीको सम्झौता नवीकरण नगरेर बिदाई गरेको हो । क्यानका प्रवक्ता छुम्बी लामाले प्रेस विज्ञप्ति जारी गर्दै मोन्टीको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको जानकारी दिनुभयो ।

क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली पुरुष क्रिकेट टीमले गरेको उत्कृष्ट प्रदर्शन र सफलताको लागि उहाँलाई धन्यवादज्ञापन समेत गरेको छ ।

देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको थियो ।उहाँ प्रशिक्षक बनेसँगै नेपालले लिग– २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?