दार्चुला । भारतको चण्डीगढबाट बेपत्ता भएका दार्चुलाका एक युवक ५ महिनापछी पञ्जावमा फेला परेका छन् ।
असोज २५ गते भारतको हिमाञ्चलबाट घर फर्किने क्रममा चण्डीगढबाट बेपत्ताा जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर–३ खार (देउलाड) घर भएका २५ वर्षीय पदम सिंह ठगुन्ना माघ १५ गते भारतकै पञ्जावको एक सुधार गृहमा फेला परेको आफन्त बिर सिंह ठगुन्नाले जानकारी दिनुभयो ।
आफन्तहरुले उहाँलाई घर ल्याएको र ठगुन्नाको मानसिक अवस्था भने खराब रहेको पारिवारिक स्रोतले जनाएको छ । ५ महिना पछी बेपत्ता ठगुन्ना भेट्टिएपछी परिवारमा खुशीयाली छाएको छ ।





प्रतिक्रिया