दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा माघ २३ गतेबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन हुने भएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ मा बैंकबाटै तथा अन्य पाँच वटा वडाहरुमा शिविरको माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिकाका एमआइएस अपरेटर प्रकाश राज बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार माघ २३ गते गाउँपालिकाको वडा नम्बर ३ लालीमा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन हुनेछ । त्यस्तै २४ गते वडा ४ खरकडामा, २५ गते वडा नम्बर ६ उचाकोटमा, २७ गते वडा नम्बर वडा नम्बर १ सर्मोलीमा र २८ गते वडा नम्बर २ कुणीमा शिविर सञ्चालन हुनेछ ।
शिविर विहान १० बजेदेखी दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएकाले सम्बन्धित वडाका लाभग्राहीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र, अपाङ्गता परिचय पत्र र चेक बुक लिएर भत्ता बुझिलिन आग्रह गरिएको छ ।
लेकम गाउँपालिकाका ६ वटै वडाहरुमा यस वर्ष २ हजार ७८ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अपरेटर बिष्टले जानकारी दिनुभयो । यसअघि प्रथम त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता कार्तिक ४ गतेबाट वितरण गरिएको थियो ।





प्रतिक्रिया