दार्चुलाको शैल्यशिखर १ मा रास्वपाको वडा समिति गठन

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुललाले माघ १२ गतेबाट जिल्लाब्यापी रुपमा २ महिने संगठन विस्तार तथा सदस्यता वितरण अभियान सञ्चालन गरेको छ ।

पार्टीमा सदस्यहरु बढाउन, समृद्धी, एकता र सुशासन प्रवद्धन गर्ने लक्ष्यका साथ रास्वपा दार्चुललाले २ महिने अभियान सञ्चालन गरेको जिल्ला सभापती गोपाल सिंह कोट्टारीले जानकारी दिनुभयो । जसअन्र्तरगत आईतवार (आज) जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा सुरेन्द्र बहादुर खडायतको अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला उप–सभापती राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

यसअघि जिल्लाको महाकाली नगरपालिकामा (रास्वपा) ले अभियानको सुभारम्भ गरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?