अनलाइन जुवा खेलाएर कारोबार गरेको आरोपमा ललितपुरबाट दार्चुलाका एक सहित २४ जना प्रकाउ

दार्चुला । बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गरेको आरोपमा दार्चुलाका एक सहित ललितपुरको ललितपुर महानगरपालिका–२ सानेपाबाट २४ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–२ सानेपाबाट विभिन्न आठ वटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गरेको आरोपमा दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ का २० वर्षिय हेमन्त धामी र डोटीको पुर्वीचौकीका तेज बोगटी सहित २४ जनालाई गयराती पक्राउ गरेको हो । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली रहेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ललितपुरसंगको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरूले आठ भन्दा बढी बेटिङ साइटहरू प्रयोग गरी भारतीय एजेन्टहरूसँग ह्वाट्सएपमार्फत सम्पर्क गरेर अनलाइन जुवा खेलाउने गरेका थिए। जुवाको रकम भारतका विभिन्न बैंक खाताबाट डिपोजिट र विथड्र गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले तीन अर्ब चार करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। प्रहरीले उनीहरूको साथबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, ८ थान आधार कार्ड र ६ थान राहदानी समेत  बरामद गरेको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?