दार्चुलाका ४९ सहित सुदूरपश्चिमका ६१०१ जनाले जिते कोरोना

सुदूरपश्चिम प्रदेशमा थप ८२ जना कोरोना संक्रमण मुक्त भएका छन्।

योसंगै प्रदेशमा ६ हजार एक सय एक संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ८ सय ६८ जना निको भएर घर फर्किएका छन्।

यस्तै अछामका नौँ सय ६९, डोटीका नौँ सय ५० र कञ्चनपुरका सात सय ४२ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ५१ जना, बझाङका चार सय २२, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४९ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ भने स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयका अनुसार सात हजार एक सय १८ पुगेको छ।

निर्देशनालय र सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशको प्रयोगशाला र प्रदेश बाहिरका विभिन्न प्रयोगशालामा कोरोना पुष्टि भएका झण्डै दुई यस जनालाई आफ्नो रिपोर्टमा उल्लेख गरेको छैन्।

सुदूरपश्चिममा संक्रमित मृतकको संख्या २१ पुगेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?