दार्चुला । दार्चुलामा नेकपा (एमाले) को तीन महिने वडा केन्द्रीत अभियान जारी छ । पार्टी संगठन सुदृढिकरणको लागी सञ्चालन भइरहेको तीन महिने वडा केन्द्रीत अभियान अन्तरगत मालिकार्जुन गाउँपालिकाका विभिन्न वडाहरुमा कार्यक्रम सञ्चालन भइरहेको एमाले दार्चुलाले जनाएको छ।
अभियान अन्तरगत आज मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर पस्तीमा सञ्चालन भएको कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि ४ जना एमालेमा प्रवेश गरेका छन। वडा केन्द्रीत अभियानको क्रममा बुधबार (आज) शंकरपुर पस्तीमा सञ्चालन भएको कार्यक्रममा ४ जनाले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको नेकपा (एमाले) का जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।
कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्नेहरुमा मानमति धामी, मानमति रावल, रुक्मणी मिश्र र बिन्दु पन्त रहेको उहाँले बताउनुभयो । एमालेमा प्रवेश गरेका चारै जनालाई एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी र जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले पार्टीमा स्वागत गर्नुभएको छ । यस्तै नेकपा एमालेले मालिकार्जुन गाउँपालिकाको वडा ८ शंकरपुरमा पस्तीमा वडा केन्द्रीत अभियान अन्तरगत कार्यक्रम सञ्चालन गरेको छ।
बुधबार आज वडा कमिटी अध्यक्ष प्रेमसिह सामन्तको अध्यक्षता एवं नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशीको प्रमुख आथित्यतामा वडा केन्द्रीत अभियान अन्तरगत कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, केन्द्रीय परिषद सल्लाहकार सदस्य गणेश सिह धामी, मालिकार्जुन गाउँपालिका पालिका कमिटी अध्यक्ष च्रक सिह धामी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
एमालेले जिल्लाभर माघ १८ गतेबाट तीन महिने वडा केन्द्रीत अभियान सञ्चालन गरिरहेको छ। एमालेको ३ महिने वडा केन्द्रीत अभियान चैत्र २० गते सम्म दार्चुलाका ६१ वटै वडाहरुमा सञ्चालन हुने जिल्ला कमिटी सचिव उमेश जोशीले बताउनुभयो।





प्रतिक्रिया