दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ (बुरउसे) थामका ८४ वर्षीय वीर बहादुर पालले बृद्ध भत्ताको पैसाबाट धार्मीक क्षेत्र जेठीबहुरानीमा चौतारो निर्माण गर्नुभएको छ ।
२० वर्ष अगाडी हुनैनाथका स्थानीयबाट पिपल बोट रोपाएका पालले बृद्ध भत्ताबाट पाप्त १० हजार रुपैयाँ खर्च गरेर पिपलबोटमा चौतारो निर्माण गरेका हुन् । लेकमबाट मालिकार्जुन र शैल्यशिखरका विभिन्न बस्ती तथा जिल्ला सदरमुकाम खंलगा आवत जावत गर्नेहरुलाई थकाइ लागेको बेला आराम गर्न सहजता होस भन्ने उद्धेश्यले आफुले पाएको बृद्ध भत्ताको १० हजार रुपैयाँबाट चौतारो निर्माण गरेको उहाँले बताउनुभयो ।
२० वर्ष अगाडी २ सय मिटर तलबाट पानी बोकेर बोट हुर्काएको स्मरण गर्दै आफुले चौतारो निर्माण गरेर पिपलबोटको धर्म गरेको बताउनुभएको छ । साथै उहाँले स्थानीय सरकार लगायत सरोकारवालाहरुलाई जेठी बहुरानी ढुंगा र पिपलबोटको संरक्षण गरिदिन अपिल गर्नुभएको छ ।
सत्ययुगमा जेठाजु र बहुरानी एउटै ढुंगामा बस्दा ढुंगानै छुट्टिएर अलग भएको जनविश्वास रहेको सो क्षेत्र धार्मीक दृष्टिकोणले समेत महत्वर्पुण मानिन्छ ।





प्रतिक्रिया