भूमि आयोग दार्चुलामा तीन सदस्य नियुक्त

दार्चुला । राष्ट्रिय भूमि आयोग दार्चुलाको सदस्यमा तीन जना थपिएका छन् ।

नेपाली काग्रेस र नेकपा एमालेबीच भएको भागवण्डा अनुसार जिल्लामा तीन जना सदस्य थपिएका हुन् । आयोगमा भएको भागवण्डा अनुसार नेकपा एमालेबाट दुई र नेपाली काग्रेसबाट एक जना सदस्य थपिएका हुन ।

आयोगको सदस्यमा नेपाली काग्रेसबाट विज्ञ सदस्यको रुपमा मालिकार्जुन गाउँपालिका वडा नम्बर –७ का संगीता बम नियुक्त हुनुभएको छ । त्यस्तै नेकपा एमालेबाट सदस्यमा महाकाली नगरपालिका वडा नम्बर –३ का नारायणदत्त भट्ट र महिला सदस्यमा मार्मा गाउँपालिका वडा नम्बर –३ का कमला विष्ट नियुक्त हुनुभएको हो ।

यसअघि गत पुष अन्तिम साता भूमि आयोगको अध्यक्षमा नेपाली काग्रेसबाट लालसिह धामी नियुक्त हुनुभएको थियो । आयोगका जिल्ला अध्यक्ष बनेका धामी मालिकार्जुन गाउँपालिका–३ का स्थानीय हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?