दार्चुलामा भिरबाट लडेर ३५ वर्षीय प्रधानाध्यापकको मृत्यु

दार्चुला ।  दार्चुलामा भिरबाट लडेर एक जना प्रधानाध्यापकको ज्यान गएको छ । शुक्रवार (आज) जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर २ घर भइ अपिहिमाल गाउँपालिका वडा नम्बर ६ स्थित भवानी आधारभूत विद्यालयमा कार्यरत ३५ वर्षीय प्रध्यानाध्यापक दलविर महराको ज्यान गएको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

भिरबाट करिव १५० मिटर तल खसेका महराको घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । मृतक महराको घरमा श्रीमती, दुई छोरा, दुई छोरी रहेको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?