दार्चुला । मातृभूमि जागरण अभियानका संयोजक डाक्टर भिम रावलको सहभागितामा सोमबार (भोली) र मंगलबार दार्चुलाका विभिन्न स्थानमा मातृभुमि जागरण अभियान सञ्लचान हुने भएको छ। जागरण अभियानको लागि डाक्टर रावल सोमबार दार्चुला आउने कार्यक्रम रहेको उहाको सचिवालयले जनाएको छ।
रेडियो लोकदर्पणसंग कुरा गर्दै डा. रावलले मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माण गर्ने उद्धेश्यले सुदूरपश्चिमका सबै जिल्लामा भेटघाट कार्यक्रम गरिरहेको बताउनुभयो ।
संयोजक रावलको सहभागितामा भोलीे दिउँसो २ बजे मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा कार्यक्रम सञ्चालन हुने बताइएको छ। उहाँले कार्यक्रममा स्थानीयवासी, बुद्धिजीवी, युवाहरुसँग छलफल गर्दै देशको वर्तमान अवस्थाबारे आफ्ना विचार राख्ने कार्यक्रम रहेको छ ।
मालिकार्जुनमा कार्यक्रम गरेपछि दिउँसो ४ बजे शंकरपुरमा भेटघाट तथा स्थानीयहरुसँग मातृभूमि जागरण अभियानको उद्देश्य र भावी रणनीतिबारे भेटघाट गरिने बताइएको छ।
सोही दिन बेलुका महाकाली नगरपालिकामा विभिन्न संघसंस्था, राजनीतिक कार्यकर्ता तथा स्थानिय नागरिकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, माघ २९ गते जिल्ला सदरमुकाम खंलगा र गोकुलेश्वरमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर फर्किने तालिका रहेको छ।
अभियान अन्तर्गत देशका विभिन्न भागमा गरिने छलफल तथा अन्तरक्रियाले राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।





प्रतिक्रिया