सुदुरपश्चिममा मौसम बदली, हल्का वर्षाको सम्भावना

दार्चुला । सुदुरपश्चिम प्रदेशको मौसम आज आंशिकदेखि साधारणतया बदली रहेको छ। केही ठाउँमा हल्का हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बाग्मती, गण्डकी, कर्णाली र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका थोरै ठाउँहरूमा हल्का हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले केही दिनसम्म हिमाली र पहाडी क्षेत्रमा हल्का हिमपात तथा तराईमा हुस्सु कायम रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?