दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी दार्चुलाले बुधबार (आज) जिल्लाका २ स्थानीय तहमा वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ ।
मार्मा लेकम दुहुँ जागरण अभियान अन्तरगत जिल्लाको मालिकार्जुन र ब्याँस गाउँपालिकामा वादविवाद प्रतियोगिता सञ्चालन गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
अनेरास्ववियुको आयोजनामा मालिकार्जुन गाउँपालिका स्तरीय माध्यमिक विद्यालयहरुको कार्यक्रम गाउँपालिकाको वडा नम्बर ८ मा रहेको शंकरपुर माध्यमिक विद्यालय पस्तीमा आयोजना गरिएको थियो ।
अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षतामा सञ्चालन भएको मालिकार्जुन गाउँपालिका स्तरीय वादविवाद प्रतियोगिता कार्यक्रममा नेकपा एमाले मालिकार्जुन गाउँपालिका कमिटि अध्यक्ष चक्र सिह धामी को विशिष्ट आतिथ्यता रहेको थियो । गाउँपालिका भित्रका ५ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा ’’सामाजिक संजालको प्रयोग वरदान कि अभिशाप विषयक वादविवाद प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
वादविवाद प्रतियोगितामा मालिकार्जुन माध्यमिक विद्यालय मडकी छात्रा भुरी टमटाले प्रथम स्थान प्राप्त गर्नुभएको थियो । त्यस्तै शंकरपुर माध्यमिक विद्यालय पस्तीकि छात्रा मिना धामीले द्धितीय र राष्ट्रिय माध्यमिक विद्यालय ठिङका छात्र आशिष धामीले तृतीय स्थान प्राप्त गरेको जोशीले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको ब्याँस गाउँपालिकामा पनि अनेरास्ववियु दार्चुलाको आयोजनामा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। गाउँपालिकाको सम्पाल माध्यमिक विद्यालय सुन्सेरामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाका ६ वटा माध्यमिक विद्याहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सम्पाल माध्यमिक विद्यालय सुन्सेराकि छात्रा गिता भट्टले प्रथम र रेखा धामीले द्धितीय स्थान प्राप्त गरेको अनेरास्ववियु दार्चुलाका संगठन विभाग प्रमुख खडक सिंह ठगुन्नाले जानकारी दिनुभयो । त्यस्तै सिद्ध माध्यमिक विद्यालय सिनाकि छात्रा अनुस्का कुवँरले तृतीय स्थान प्राप्त गरेको उहाँले बताउनुभयो ।
ब्याँसमा सञ्चालन भएको कार्यक्रममा १२ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । अनेरास्ववियु दार्चुलाका संगठन विभाग प्रमुख खडक सिह ठगुन्नाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमम ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिह धामीको प्रमुख आतिथ्यामा रहेको थियो ।





प्रतिक्रिया