मालिकार्जुन २ मा रुखबाट लडेर १४ वर्षीया बालिका गम्भीर घाइते

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ सेलिचामामा रुखबाट खसेर १४ वर्षीया बालिका गम्भीर घाइते हुनुभएको छ।

शनिवार विहान सोहि ठाउँमा अमलाको रुखबाट खसेर हिरा सिंह धामीकी १४ वर्षिया छोरी स्मृती धामी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।

अमला टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते बालिकाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत लगिएको उहाँले बताउनुभयो । घाइते बालिकाको टाउको चोट लागेको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?