नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु, मृतक ४९१ पुगे

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १० जनाको मृत्यु भएको छ । तीन जना महिला र सात जना पुरुष गरी मंगलबार थप १० जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय पुरुष रहेका छन् । त्यसैगरी चितवनका ५५ वर्षीय, बाँकेका ५३ वर्षीय र ३९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सर्लाहीका ७२ वर्षीया, काठमाडौंका ५७ र बाँकेमा ७६ वर्षीया महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय ९१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?