अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने सडक निर्माणको लागि ठेक्का आह्वान

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने सडक निर्माणको लागी ठेक्का आह्वान गरिएको छ। अपिहिमालको मकरिगाड देखि गाउँपालिकाको केन्द्र खण्डेश्वरी सम्म जोड्ने रणनीतिक सडकको ट्याक खोल्नको लागी ठेक्का आह्वान गरिएको हो।

सडक डिभिजन कार्यालय बैतडीमार्फत उक्त सडक निर्माणको लागी ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले बताउनुभयो । मकरिगाड देखि खण्डेश्वरी सम्मको १० किलोमिटर सडक निर्माण गर्नुपर्नेमा अहिलेसम्म मकरिगाड देखि काफलधार सम्म ३ किलोमिटर ट्याक खोलिएको छ, उहाँले भन्नुभयो, सडक डिभिजनले आह्वान गरेको झन्डै ४ करोडको  नयाँ ठेक्का मार्फत काफलधार देखि माथिको क्षेत्रमा काम हुनेछ । उक्त बजेटबाट कडा चट्टानी भाग १ किलोमिटर क्षेत्र र बाकी २ किलोमिटर थप ट्याक खोल्ने लक्ष्य रहेको बताइएको छ ।

चालु आर्थिक बर्ष भित्रै गाउँपालिका केन्द्र खण्डेश्वरीमा सडक पुगाउने लक्ष्यका साथ तयारी भइरहेको र केही दिनपछि स्थानीय पुर्वाधार विकास कार्यालय धनगढी र अपिहिमाल गाउँपालिकाबाट विनियोजित बजेटको समेत ठेक्का आह्वान गर्ने तयारी रहेको अध्यक्ष बोहराले बताउनुभयो ।

दार्चुलाका नौँ वटा स्थानीय तहमध्ये अपिहिमालबाहेक आठवटा पालिकाको केन्द्रसम्म सडकको पहुँच पुगेको छ । अपिहिमालको केन्द्रसम्म सडक पुर्याउन विगतदेखि प्रयास हुँदै आएको छ ।

केही महिना पहिले अपिहिमालबाट काठमाडौं गएको नेकपा (एमाले) को टोलीले उक्त सडकमा बजेट माग गर्दै काठमाडौंमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पुर्वाधार तथा यातायातमन्त्रीलाई डेलिगेसन बुझाएको थियो । पूर्वमन्त्री गणेशसिंह ठगुन्नाका साथै एमाले अपिहिमाल गाउँकमिटी अध्यक्ष धर्मानन्द मन्यालसहित स्थानीय नेताहरूले खण्डेश्वरी सडकमा बजेट विनियोजन गर्न माग गर्नुभएको थियो ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको टोलीले पूर्वप्रधानमन्त्रीहरू र मन्त्री लगायत शिर्ष नेताहरूलाई भेटेर बजेट माग गर्नुभएको थियो । उक्त सडकमा बजेट विनियोजन गर्ने र माग गर्ने सबै पहलकर्तालाई अध्यक्ष बोहराले धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?