दार्चुलाको लेकम गाउँपालिकाले छोटो अवधिको  सीपमूलक तालिम सञ्चालन गर्ने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले छोटो अवधिको सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।

नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार वोर्डको सचिवालयको मिति २०८१ फागुन  १ गतेको चलानी नम्बर ८८५ को पाप्त पत्र तथा सचिवालयको आर्थिक वर्ष २०८१। ०८२ को वार्षिक कार्यक्रम अनुसार वैदेशिक रोजगारमा जान चाहने युवाहरु तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति एंव निजका परिवारका लागी छोटो अवधिको  सीपमूलक तालिम  सञ्चालन गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुले गाउँपालिकाको रोजगार सेवा केन्द्रमा आफनो नागरिकता प्रमाण पत्र, पासपोर्ट लगायत वैदेशिक रोजगारमा जान आउदाका आवश्यक कागजात सहित फागुन १३ गतेभित्र सम्र्पक गर्न सूचित गरिएको छ ।

लेकम गाउँपालिकाले छोटो अवधिको सीपमूलक तालिम सञ्चालन सम्बन्धि जारी गरेको सूचना हेर्नुहोस ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?