दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा ओखर खेती प्रविधि सम्बन्धि एक दिने प्रारम्भिक तालिम सम्पन्न भएको छ ।
लेकम गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा पहाडी क्षेत्रमा काष्ट फल प्रवद्धन (नाफा) को प्राविधिक सहयोगमा गाउँपालिकाभरिका किसानहरुलाई प्रारम्भिक तालिम दिइएको लेकम गाउँपालिकाका कृषि प्राविधिक पुष्कर बोहराले जानकारी दिनुभयो ।
(नाफा) का कोडनेटर कौशल पौडेलले सहभागीहरुलाई प्रारम्भिक तालिम दिएको उहाँले जानकारी दिनुभयो । तालिममा लेकममा ७ वर्षे ओखर खेती प्रोजेक्ट सञ्चालन गरी ओखर जोन क्षेत्र बनाउने, लगायतका विषयहरुमा छलफल गरिएको छ ।





प्रतिक्रिया