दार्चुलामा खरका थुप्रोमा आगो लगाउने एक जना पक्राउ

दार्चुला । दार्चुलामा खरमा आगो लगाउने एक जना पक्राउ परेका छन्। जिल्लाको दुहुँ गाउँपालिका  वडा नम्बर  ३ का ४१ वर्षीय इन्द्र बोहरा खरमा आगो लगाएको आरोपमा सोमवार पक्राउ परेका हुन।

बोहराले फागुन ३ गते चन्द्र सिंह बोहरा, गोपाल बोहरा र पदम सिंह बोहराको खरका ७ वटा थुप्रोमा आगो लगाएका थिए। सो आगलागीबाट खर राखेको काठ, सोही नजिक रहेका बोट बिरुवाहरू र तरकारी बालीमा समेत गरी ३ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीले आगो लगाउने इन्द्र बोहरालाई आपराधिक उपद्रो गर्न नहुने कसुर मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?