च्याम्पियन्स ट्रफीः भारतले बङ्गलादेशलाई ६ विकेटले हरायो

दार्चुला । च्याम्पियन्स ट्रफीमा भारतले विजयी शुरूवात गरेको छ । हिजो यूएईमा भएको खेलमा बङ्गलादेशलाई ६ विकेटले हराउँदै भारतले विजयी शुरूवात गरेको हो ।

२ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २ सय ३१ रन बनायो । भारतका शुभमन गिलको नटआउट शतकसँगै केएल राहुलले नटआउट ४१ रन बनाए ।

बङ्गलादेशका रशिद हुसेनले २,तस्कीन अहमद, मुस्तफिजुर रहमानले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेश ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय २८ रन बनाएको थियो ।

बङ्गलादेशका तौहीद हृदोयले शतक बनाए । यस्तै जसले अलीले ६८ रन बनाए । भारतका मोहम्मद शमीले ५ , हर्षित राणाले ३ र अक्षर पटेलले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?