दार्चुलाको लेकममा चितुवा पासोमा पर्यो

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ ऐरपाली खोलामा चितुवा पासोमा परेको छ । शुक्रवार (आज) दिउँसो ३ बजेको समयमा स्थानीयले थापेको पासोमा चितुवा परेको इलाका प्रहरी कार्यालय लालीका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिनुभयो ।

दिउँसो ३ बजे नै चितुवा पासोमा परेको बारे डिभिजन बन कार्याललाइ जानकारी गराएको भएपनी अहिलेसम्म उद्धार नभएको उहाँले बताउनुभयो । प्रहरीले अहिले उक्त बाटोमा हिडडुल गर्न निषेध गरेको स्थानीय रमेश प्रशाद भट्टले  जानकारी दिनुभयो ।

दिउसो नै डिभिजन बन कार्याललाई खबर गरेको भए पनि बन कार्यालयको लापरवाहीले अहिले सम्म उदार हुन सकेको छैन। यो विषयमा डिभिजन बन कार्यालय दार्चुलाका प्रमुख लक्ष्मी दत्त जोशी संग बुझ्दा उहाँले डिभिजन बन कार्यालय दार्चुलामा उद्दारको लागी साम्रगी नभएकोेले उद्दार गर्न नसकिएको बताउनुभयो ।

अहिले बन कार्यालबाट कर्मचारी खटाएर उक्त ठाउँमा पठाएको र उद्दारको लागि शुक्लाफाटा राष्ट्रिय निकुञ्जलाई जानकारी गराएको उहाँले बताउनुभयो । डिभिजन बन कार्यालय संग चितुवा उद्दारको लागि जनशक्ति र आवश्यक सुरक्षा साम्रगी समेत नहुनु लज्जासपद विषय भएको स्थानीयहरुको भनाई छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?