दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ ऐरपाली खोलामा शुक्रवार दिउँसो पासोमा परेको चितुवाको अझै उद्धार हुन सकेको छैन् ।
शुक्रवार दिउँसो ३ बजेको समयमा स्थानीयले थापेको पासोमा परेको चितुवाको २० घन्टा बित्दापनी उद्धार हुन नसकेको हो । इलाका प्रहरी कार्यालय लालीले डिभिजन बन कार्यालय दार्चुलालाई हिजो नै जानकारी गराएको भएपनी जिल्लामा आवश्यक जनशक्ति र उद्धार साम्रगी नहुदा चितुवाको उद्धार गर्न नसकिएको डिभिजन बन कार्यालय दार्चुलाका प्रमुख लक्ष्मी राज जोशीले जानकारी दिनुभयो ।
अहिले डिभिजन बन कार्यालय दार्चुलाको टोली ऐरपाली क्षेत्रमा आइपुगेको भएपनी आवश्यक साम्रगी नहुदा उद्धार गर्न भने नसकेको स्थानीय रमेश भट्टले जानकारी दिनुभयो । प्रहरीले उक्त बाटो आवतजावत गर्न निषेद गरेको छ । हिजोबाट पासोमा परेको चितुवाले अवस्था गम्भिर रहेको उहाँले बताउनुभएको छ ।
बन कार्यालयले चितुवाको उद्दारको लागि शुक्लाफाटा राष्ट्रिय निकुञ्जलाई जानकारी गराएको भएपनी आज विहान मात्रै टोली दार्चुला आउन लागेको डिभिजन बन कार्यालय दार्चुलाका प्रमुख जोशीले जानकारी दिनुभयो । डिभिजन बन कार्यालय संग चितुवा उद्दारको लागि जनशक्ति र आवश्यक सुरक्षा साम्रगी समेत नहुनु लज्जासपद विषय भएको स्थानीयहरुको भनाई छ।





प्रतिक्रिया