दार्चुला । दार्चुला बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु भएको छ ।
दार्चुला बहुमुखी क्याम्पस खेलकुद शाखा प्रमुख पदम बडालको अध्यक्षता एंव क्याम्पस प्रमुख नरेन्द्र राज अवस्थीको प्रमुख आतिथ्यतामा आइतवार (आज) खेलकुद सप्ताह को उद्धघाटन गरिएको हो ।
एक हप्तासम्म सञ्चालन हुने खेलकुद सप्ताहमा छात्रछात्रा भलिबल, हाजिरजवाफ, ब्याडमिन्टन, १००÷२०० मिटर दौड, कुर्सी दौड तथा बुद्धिचाल लगायतका खेल खेलाइने दार्चुला बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष कृष्ण धामीले बताउनुभयो ।





प्रतिक्रिया