दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित सर्मोली स्वास्थ्य चौकीमा परिवार नियोजन माइक्रोप्लानिङ सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा परिवार नियोजन सम्बन्धि माइक्रोप्लानिङ तथा अभिमुखिकरण सम्पन्न भएको सर्मोली स्वास्थ्य चौकीका प्रमुख दिपक प्रशाद पन्तले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय दार्चुलाका प्रतिनिधि रामदत्त भट्ट, लेकम गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक रमेश प्रशाद जोशी, सर्मोली स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक एंव प्रमुख दिपक प्रशाद पन्त, स्वास्थ्य स्वयमसेविका, लगायत सरोकारवालाहरुको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा परिवार नियोजनका साधनहरुको बारेमा जानकारी गउानुका साथै उपयोग, अनिश्चित गर्भघारण रोक्ने लगायतका विषयहरुमा छलफल भएको स्वास्थ्य चौकी प्रमुख पन्तले जानकारी दिनुभएको छ ।
त्यस्तै लेकम गाउँपालिकामा एक सातापछि नसर्ने रोगहरुको परीक्षण शिविर सञ्चालन गर्ने लगायतका निर्णयहरु गरिएको प्रमुख पन्तले बताउनुभयो ।





प्रतिक्रिया